इजरायलमा श्री सत्य साइबाबाकॊ ८६ औँ जन्मॊत्सब भब्यरूपमा सम्पन्न । प्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो पटक जनतासँग रेडियो नेपालबाट लाइभ अन्तर्क्रिया गरे। रेडियो नेपालमा बेलुकी ८१० देखि ९ बजेसम्म उनले फोन र इमेलबाट आएका प्रश्नको जवाफ दिएका थिए। धेरै जनाको प्रश्नलाई प्रधानमन्त्रीले गम्भीर भएर सुनेको र त्यसमा गम्भीरताका साथ काम गर्ने वचन दिए। अनुगमन, सेना समायोजन, माओवादी पार्टी बिग्रेको, राहत नपुगेको, एअरपोर्टको घुस प्रकरणदेखि माओवादी नेताको स्विस ब्याङ्कको खातामा पैसा रहेको आरोपसम्मका जवाफ प्रधानमन्त्रीले दिए। प्रश्नै नभई प्रशंसामात्र गर्न पनि फोन गरेको सुनियो। कसैले कडा टिप्पणी पनि गरे- माओवादी निभ्न लागेको बत्ती, एसिया कै भ्रष्ट नेतालाई लिएर कसरी सत्ता चलाउनु हुन्छ आदि। प्रधानमन्त्रीको अन्तर्क्रियाको रेकर्ड सुन्नुस्-
सरकारी कर्मचारीलाई ३६ बुँदेँ आचारसंहिता
काठमाडौ, मंसिर १९ - कान्तिपुर ।
सरकारले ५ लाख राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवार, अनुशासित र सेवाग्राही जनताप्रति जवाफदेही बनाउन २६ बुँदे आचारसंहिता लागू गरेको छ ।
अराजक, भ्रष्ट र अनुशासनहीन हुँदै गएका कर्मचारीको आचरण र व्यवहारलाई अनुशासित र मर्यादित तथा सार्वजनिक सेवालाई जनतामैत्री बनाउन मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले 'सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीको आचारसंहिता, २०६८' जारी गरेको हो ।
सरकारको राजस्वबाट तलब, भत्ता वा अन्य सुविधा लिने निजामती, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, वित्तीय क्षेत्र एवं सरकारी संस्थान, विकास समिति र स्थानीय निकायका कर्मचारीका लागि पहिलोपटक आचारसंहिता लागू गरिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले जानकारी दिए ।
आचारसंहिताले कर्मचारीको व्यक्तिगत प्रयासबाट विदेशमा कार्यशाला र तालिममा जान दातालाई प्रभावमा पार्ने, व्यक्तिगत विदेश भ्रमणका लागि दाताबाट हवाई भाडा लगायत भ्रमण खर्च लिने बढ्दो प्रवृत्तिलाई प्रतिबन्ध लगाएको छ । राष्ट्रसेवकको हैसियतले आफूलाई या आफ्ना छोराछोरी र नातेदारका लागि छात्रवृत्ति माग्न नपाइने व्यवस्थासमेत आचारसंहितामा छ ।
यस्तै सेवाग्राहीसित घूस, कमिसन त परको कुरा, कुनै पनि किसिमको उपहारसमेत लिन बन्देज लगाएको छ । संहिताका अनुसार विभिन्न निकायका जिम्मेवारी कर्मचारीले विभिन्न दल र तिनका भ्रातृ संस्थाका कार्यक्रमका लागि सवारी साधन, इन्धनलगायत सरकारी सम्पत्ति दिन पाउने छैनन् ।
'सरकारी वा सार्वजनिक सम्पत्ति, सवारी साधन, इन्धन आदि अनधिकृत रूपमा कुनै पनि दल वा तिनका भ्रातृ संगठनको कार्यक्रमका लागि
प्रयोग गर्न वा गराउन दिन हुँदैन' संहितामा भनिएको छ ।
कार्यालयमा रहँदा या कार्यक्षेत्रमा खटिई काम गर्दा परिचयपत्र लगाउनु अनिवार्य पनि गरिएको छ । कार्यालय समयावधिभर पोसाक तोकिएका राष्ट्रसेवकका लागि सोहीबमोजिमको र नतोकिएकाको हकमा मर्यादित पोसाक लगाउनुपर्ने व्यवस्थासमेत छ ।
संहिता कार्यान्वयन गर्नू/गराउनू सबै सम्बन्धित केन्द्रीय कार्यालयका प्रमुखको कर्तव्य हुने व्यवस्था आचारसंंहितामा छ । संहितामा प्रत्येक मन्त्रालय, केन्द्रीय निकाय, संवैधानिक निकाय र मातहतका समन्वय गर्नुपर्ने कार्यालयका प्रमुखहरूलाई संहिता पालना भए/नभएको नियमित अनुगमन गरी पालना नगर्ने कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने/गराउने जिम्मेवारी दिइएको छ ।
राष्ट्रसेवकले सेवा प्रवाह गर्दा अशक्त, वृद्धवृद्धा, गर्भवती महिला वा सुत्केरी, बालबालिका, असहाय विद्यार्थी, कमजोर वर्ग र टाढाका सेवाग्राही जनतालाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । राष्ट्रसेवकले आफ्नो व्यावसायिक सीप, ज्ञान र अनुभवले गर्न सक्ने कामसमेत बाहिरका व्यक्तिलाई दिने र त्यसबाट व्यक्तिगत आर्थिक स्वार्थपूर्ति गर्ने प्रवृत्तिलाई समेत संहिताले अंकुश लगाएको छ ।
कर्मचारीले अनावश्यक तडकभडक नगरी 'सादा जीवन उच्च विचार' को मान्यतालाई अवलम्बन गर्नुपर्ने र नगरी नहुने पारिवारिक भोजभतेरलाई समेत मितव्ययी बनाउनुपर्ने अनिवार्य गरिएको छ । कर्मचारीले समाजमा शालीन, शिष्ट र सादा पहिचान कायम गर्नुपर्नेसमेत उल्लेख छ ।
सरकारी सेवाका आफूभन्दा माथिका कर्मचारीलाई अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषा प्रयोग गर्ने प्रवृत्तिलाई संहितामा प्रतिबन्ध लगाइएको छ । नेपाली सेना र प्रहरीमा अनावश्यक उच्च आदरार्थी र राजकीय सामन्ती स्वभाव झल्कने भाषाको बढी प्रयोग प्रवृत्ति छ ।
कर्मचारीले सेवाग्राही र आफूभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने र आफूभन्दा मुनिका कर्मचारीप्रति सम्माजनक व्यवहार गर्नुपर्ने व्यवस्था छ । मातहतका कर्मचारीलाई हेयवाचक शब्दमा बोल्नसमेत निषेध छ ।
संहिताले सेवाग्राहीलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने सेवाग्राही मैत्री हुनुपर्ने व्यवस्था गरेको छ । कर्मचारीले जातजाति, धर्म, भाषा, लिंग, राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा व्यक्तिगत सम्बन्ध, वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई सम्मानका साथ समान व्यवहार गरी सेवाप्रवाह गर्नुपर्ने अनिवार्य गरिएको छ । बोलीचाली, हाउभाउ वा शारीरिक संकेतबाट सेवाग्राहीलाई अवहेलना गर्ने कर्मचारीमाथि कारबाही हुने व्यवस्थासमेत संहितामा छ ।
प्रकाशित मिति: २०६८ मंसिर २० ०९:३५
सहर र गाउँप्रतिको जनवुझाई र यसको वैज्ञानिकता-कल्याण रोका
कल्याण रोका
सहर र गाउँप्रतिको जनवुझाई र यसको वैज्ञानिकता
प्राज्ञिक र प्रशासनिक आधारलाई छोडने हो भने सामान्यतया किनमेलको सुविधा भएको, यातायातको सुविधा भएको, वाक्ला वस्ती वा सहरहरू भएको र मानिसहरू कृषिभन्दा व्यापारिक काममा बढी क्रियाशील भएको क्षेत्र वा ठाउँलाई सहरको रूपमा बुझ्ने प्रचलन बहुसङ!ख्यक नेपालीहरूमा रहेको छ तर यही कोणबाट मात्र सहरलाई बुझ्ने प्रयास भएमा त्यो वुझाइ सतही र गलत हुन जान्छ । नेपालमा यस्ता क्षेत्र वा ठाउँहरू थुप्रै छन!, जसलाई न त सहर भन्न सकिन्छ न त गाउँ । तसर्थ गाउँ र सहरलाई बुझ्न प्राज्ञिक र प्रशासनिक आधार खोज्नै पर्दछ । यी आधारहरूबाट हेर्ने हो भने हामीले विभिन्न ऐनहरूद्वारा निश्चित मापदण्डका आधारमा सरकारद्वारा घोषित नगरक्षेत्रहरूलाई सहर भनेर वुझ्नु पर्दछ र बाँकी क्षेत्रलाई ग्रामीण क्षेत्र वा गाउँ भनेर बुझ्नु पर्दछ । यसरी हेर्दा नेपालमा अहिले रहेको १ महानगर, ४ उपमहानगर र ५३ वटा नगरपालिकाहरूलाई सहर र बाँकी क्षेत्रहरू ३ हजार ९१६ गाविसहरूलाई गाउँ भनेर बुझ्नु पर्दछ ।
नेपाली सहरहरूको मापदण्ड ः विगतदेखि वर्तमानसम्म
नेपालमा सहरहरूको मापदण्डहरू पनि समय सन्दर्भ अनुसार फेरिएका छन! । यसका पछाडि राजनीतिक र प्रशासनिक कारणहरू छन! । वि.सं. २००९/११ को नेपालको जनगणनाले पाँच हजारभन्दा वढी जनसङ!ख्या भएको क्षेत्रलाई सहर भनेर परिभाषित गरेको थियो । त्यस्तै वि.सं. २०१८ सालमा भएको जनगणनाले नेपालको सहरी क्षेत्रलाई पाँच हजारभन्दा वढी जनसङख्या र कम्तीमा सहरी वातावरण भएको -जहाँ माध्यामिक विद्यालय, क्याम्पस, न्यायालय, प्रशासनिक कार्यालयहरू, बजार, मिल्स!, सञ्चार सुविधा भएको) क्षेत्रलाई सहर भनेर परिभाषित गर्यो । पञ्चायती व्यवस्थाले नेपालका सहरहरूलाई नगर पञ्चायतको रूपमा परिभाषित गर्यो र कम्तीमा दस हजार जनसङख्या भई क्याम्पस, न्यायालय, प्रशासनिक कार्यालयहरू, वजार, मिल्स!, सञ्चार सुविधा भएको क्षेत्रलाई सहरको रूपमा परिभाषित गर्यो ।
नेपालमा २०४६ सालको परिवर्तनको निकै लामो समयपछि स्थानीय स्वायत्त शासन ऐन, २०५५ जारी गरेर नेपालका सहरहरूको परिभाषालाई पुनर्परिभाषित गरियो । नेपालका सहरहरूलाई महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी तीन तहमा विभाजन गरियो । महानगरपालिका हुन कम्तीमा तीन लाख जनसङख्या, वाषिर्क कम्तीमा रू ४० करोड आम्दानी हुनुपर्ने भयो । यसका अतिरिक्त विद्युत! सुविधा, खानेपानी, सडक, सञ्चार, स्वास्थ्य सुविधा, अन्तर्राष्ट्रिय खेल मैदानका लागि प्र्वाधार, शिक्षाका विभिन्न क्षेत्रहरूको पढने अवसर, कम्तीमा एक विश्वविद्यालय, आर्किड, सपिङ सेन्टरहरू भएको क्षेत्र र गैरकृषि गतिविधि हुने क्षेत्रलाई महानगरपालिकाका रूपमा परिभाषित गरियो । त्यस्तै उपमहानगरपालिकाका लागि कम्तीमा एक लाख जनसङ!ख्या र वाषिर्क कम्तीमा १० करोड आम्दानी हुनुपर्ने मापदण्ड तोकियो । त्यस्तै, नेपालका तराई क्षेत्रमा २० हजार जनसङ!ख्या भएको, पहाड र हिमालमा कम्तीमा १० हजार जनसङ!ख्या भएको र वाषिर्क तराईमा ५० लाख र हिमालमा रू. पाँच लाख आम्दानी भएको क्षेत्रलाई नगरपालिकाको रूपमा परिभाषित गर्यो । यसका अतिरिक्त यी नगरपालिकाहरूमा स्वास्थ्य, श्ािक्षा, सञ्चार, सडक, विद्युत! जस्ता आधारभ्त सुविधाहरूलाई पनि अनिवार्य बनाइयो ।
जनसङ!ख्याको वनौटमा हाम्रा सहरहरू
विश्वका अन्य देशको तुलनामा नेपालको सहरी जनसङ!ख्या एकदमै कम रहेको छ । तालिका १ अनुसार करिब ५० वर्ष अगाडि नेपालको सहरी जनसङ!ख्या नेपालको कुल जनसङ!ख्याको करिव तीन प्रतिशत मात्र थियो । अहिले ५० वर्षपछि नेपालको सहरी जनसङ!ख्यामा वृद्धि भएर करिव १६ प्रतिशत पुगेको छ । यो जनसङ!ख्या २०५८ को जनगणना अनुसार वाषिर्क ६.६५ प्रतिशतका दरले वृद्धि भैरहेको छ भने यसको तुलनामा ग्रामीण जनसङ!ख्याको वृद्धि दर अत्यन्त कम १.७६ प्रतिशत मात्र रहेको छ । प्रत्येक १० वर्षमा नेपालको सहरी जनसंख्या तीव्र रूपले वृद्धि भइरहेको छ । २०४८ सालबाट २०५८ सालमा आइपुग्दा नेपालको सहरी जनसङ!ख्या ९० प्रतिशतले वृद्धि भएको थियो ।
नेपालमा हाल ५८ वटा नगरपालिका रहेका छन!, जसलाई सहर भनिन्छ । यसमा हिमाली क्षेत्रमा दुईवटा, पहाडी क्षेत्रमा २६ वटा र तराई क्षेत्रमा २९ वटा छन! । नेपालको कुल सहरी जनसङ!ख्याको सबैभन्दा धेरै जनसंख्या ५२.२ प्रतिशत पहाडी क्षेत्रमा रहेको छ । यसको मुख्य कारण सवभन्दा वढी जनसङ!ख्याको चाप भएको काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिका यही क्षेत्रमा भएर हो । त्यस्तै सहरी जनसङ!ख्याको ४५.५ प्रतिशत तराई र १.४ प्रतिशत हिमाली क्षेत्रमा रहेका छन! । यसलाई चार्ट १ मा प्रस्तुत गरिएको छ ।
विकासक्षेत्रका आधारमा हेर्ने हो भने नेपालका सहरहरूमध्ये १४ वटा प्र्वाञ्चलमा, २० वटा मध्यमाञ्चलमा, १२ वटा पश्चिमाञ्चलमा, छ वटा मध्यपश्चिमाञ्चलमा र छ वटा नै सुद्र पश्चिमाञ्चलमा रहेका छन! । हाम्रो देशको कुल सहरी जनसङ!ख्याको सवैभन्दा धेरै जनसंख्या -४९.७ प्रतिशत) मध्यमाञ्चलमा, १९.४ प्रतिशत प्र्वाञ्चलमा, १६.१ प्रतिशत पश्चिमाञ्चलमा, ७.२ प्रतिशत मध्यपश्चिमाञ्चलमा र ७.२ प्रतिशत सुदुर पश्चिमाञ्चलमा रहेका छन! ।
सहरहरूको बढ!दो जनसङ!ख्या र त्यसले निम्त्याएका समस्याहरू
नेपालका सहरहरूमा ग्रामीण क्षेत्रको तुलना जनघनत्त्व निकै बढी छ । २०५८ सालको नेपालको जनगणना अनुसार नेपालको सहरी क्षेत्रमा प्रति वर्गकिलोमिटर ९८५ मानिस वसोवास गर्दछन! भने ग्रामीण क्षेत्रमा मात्र १३६ जना । जनघनत्वको हिसाबले काठमाडौं उपत्यकामा घनत्व निकै बढी छ । यहाँ प्रति वर्गकिमि १० हजार २६५ जना वसोवास गर्दछन! । यसको प्रमुख कारणमा काठमाडौं देशको राजधानी भएको हुनाले पनि हो भने अर्को कारण उपत्यकाभित्र ललितपुर उपमहानगरपालिकालगायत अन्य तीन नगरपालिकाहरू कीर्तिपुर, मध्यपुर थिमी र भक्तपुर नगरपालिका रहेर पनि हो । यसका अत्तिरिक्त ग्रामीण क्षेत्रको तुलनामा सहरमा बढी सुविधा उपलव्ध हुने र सुविधाको खोजीमा मानिसहरू ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फ स्थानान्तरण हुनुले पनि काठमाडौं उपत्यकाको घनत्व बढी भएको हो । नेपालको भित्री तराईको सहरी क्षेत्रमा जनघनत्त्व कम छ, जहाँं प्रति किमि ४०२ जना वसोवास गर्दछन! भने प्रति किमि हिमाली र पहाडी क्षेत्रमा ५५० र तराई क्षेत्रमा प्रतिकिमि एक हजार ९२ जना बसोवास गर्दछन! । यसको विस्तृत विवरण तालिका २ मा प्रस्तुत गरिएको छ ।
ग्रामीणभन्दा सहरी क्षेत्रमा निश्चित रूपमा केही आधारभ्त सुविधाहरू बढी हुन्छन! र सहरी क्षेत्रका मानिसहरूले ग्रामीण क्षेत्रका मानिसहरूले भन्दा बढी नै सुविधा प्राप्त गर्दछन! । यसअनुसार सहरमा ८५.७ प्रतिशत मानिसहरू विद्युत! सुविधाको उपयोग गर्दछन! भने ग्रामीण क्षेत्रमा मात्र १७ प्रतिशत मानिसहरू मात्र विद्युत!को उपयोग गर्दछन! । त्यस्तै सहरमा ५५.२ प्रतिशत र गांउँमा ३३ प्रतिशत मानिसहरू पाइपबाट वितरित पिउने पानी प्रयोग गर्दछन! । समाचारपत्र, रेडियो, टेलिभिजन आदि प्रयोगकर्ताको सङ!ख्या पनि ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा हुनु स्वाभाविक हो ।
सहरहरू सभ्यताका स्चक यी समस्याहरूका पहाड
विश्वका देशहरूले जस्तै नेपालले पनि सहरलाई विकासको स्चकका रूपमा परिभाषित गर्दछ । हाल नेपालको कुल जनसंख्याको करिव १६ प्रतिशत मानिसहरू सहरमा बस्दछन! । सहरलाई विकासको स्चक मान्ने हो भने नेपालको सहरी जनसङ!ख्या गुणस्तरीय जनसङ!ख्या हो त ? यो जनसंख्याले हाम्रो विकसित जनसङ!ख्याको प्रतिनिधित्व गर्दछ त ? एकातिर यी प्रश्नहरू हाम्रा अगाडि विद्यमान छन! भने अर्कोतिर सहरमा पनि गरिबी, अराजकता, वेरोजगारी, राजनीतिक अस्थिरता, ग्रामीण क्षेत्रको तुलनामा बढी अपराध गतिविधिहरू छन! । एचआइभी एड!स, दुव्र्यसनको समस्या पनि गाउँंमा भन्दा सहरमै बढी छ । सुकुम्बासीका नाममा सहरी गरिबी बढिरहेको छ । गाउँंमा जस्तो सहरमा सरसहयोगको भावना छैन । मानिसहरूमा हार्दिकता छैन । सहरमा धनी मानिसहरू झन! धनी बन्दै गइरहेका छन! । जनघनत्व वृद्धि भइरहेको छ । त्यसो भए सहरको जनसङ!ख्या के समस्या हो त ? यो प्रश्न पनि अर्कोतर्फ विद्यमान रहेको छ ।
निश्चित रूपमा हाम्रा सहरहरूमा समस्याहरू पनि छन! र अवसरहरू पनि । सत्य कुरो के हो भने हाम्रा सहरहरू सवै प्र्वाधार निर्माण भएपछि घोषणा गरिएका होइनन! । सहरमा हुनुपर्ने आधारभ्त कुराहरू स्वास्थ्य, शिक्षा, सडक, सञ्चार र व्यापक औद्योगिकीकरण नभई कुनै क्षेत्रलाई राजनीतिक लाभका लागि सहर घोषित गरिँदा त्यहाँं प्र्ण सहरी वातावरण नबनेको कारण पनि सहरहरू विकासका स्चीमा तल छन! । त्यसैले नेपालका सहरको सम्प्र्ण जनसङ!ख्याले गुणस्तरीय जनसङ!ख्याको प्रतिनिधित्व गर्दैन । त्यसैले हाल सहरमा विद्यमान कुल जनसङ!ख्या विकासको स्चक होइन । नेपालका धेरै सहरहरू अर्धसहरी वातावरणमा निर्माण भएका हुनाले यहाँको खास जनसङ!ख्याले मात्र विकासको स्चकको प्रतिनिधित्व गर्दछ, सम्प्र्णले होइन ।
निश्चित रूपमा नेेपालका ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा आधारभ्त सुविधाहरूको उपलब्धता बढी छ, अवसरहरू पनि अलि बढी नै छन! । त्यसैले ग्रामीण क्षेत्रबाट मानिसहरू मौसमी, अस्थायी र स्थायी रूपमा स्थानान्तरण गरी सहरतर्फ बसाई सर्ने गर्दछन! तर सहरमा विद्यमान प्र्वाधार र आधारभ्त सुविधाले सवै मानिसलाई धान्न सक्दैन र सहरमा उपलव्ध अवसरहरूले पनि सवै मानिसको चाहनालाई प्रा गर्न सक्दैन । त्यसैले, अवसर र मानिसहरूको चाहनावीच मेल नखाँदा मानिसहरूमा उत्तेजना र कुण्ठा पैदा हुन्छ। त्यसपछि त्यहाँं अपराध गतिविधिहरू हुन थाल्दछन! । मानिसहरू वेरोजगार बन्दछन! । मानिसहरूवीच अविश्व्ाासको वातावरण जन्मन्छ । मानिसहरूमा निरासा र कुण्ठा पैदा हुन्छ । यस्तो अवस्थामा सहरको जनसंख्या समस्या बन्न थाल्दछ ।
हाल नेपालका सहरहरूमा अवसरभन्दा समस्याहरू धेरै छन! । वातावरण प्रद्षणदेखि गाँंस बास कपासका समस्याहरू पनि गाउँको तुलनामा सहरमा निकै माथि छन! । सहरका समस्याहरूलाई उल्लेख गर्ने हो भने यहां समस्याहरूको निकै लामो स्ची बन्दछ । लामो समयसम्म नगर क्षेत्रहरूमा पदाधिकारी नहुनुले पनि नेपालका नगर क्षेत्रहरूमा देखिएका समस्याहरू समाधान गर्नेतर्फ ठोस काम हुन सकिरहेको छैन । नेपालका नगर क्षेत्रमा त विकासका पर्याप्त प्र्वाधार नभएको अवस्थामा गाउँंहरूमा त यसको पर्याप्तता हुने कुरै भएन । त्यसैले मानिसहरूको अहिले पनि सहरी क्षेत्रमा हुने स्थानान्तरण क्रममा वृद्धि भइरहेकेा छ । यसले सहरमा समस्यामाथि समस्या थप्ने काम गरिरहेको छ ।
नेपालका सहरहरूका समस्याको मुख्य कारण भनेको आन्तरिक रूपमा हुने स्थानान्तरण हो । यो स्थानान्तरणलाई कम गर्न ग्रामीण क्षेत्रमा पनि प्र्वाधार र आवश्यक सुविधाहरू पुर्याउनु पर्दछ । नेपालका सहरी क्षेत्रहरूमा औद्योगिकीकरणका सम्भावनाहरूको पहिचान गरी तिनीहरूलाई कार्यान्वयन गर्न सक्नु पर्दछ । भएका प्र्वाधारहरूमा मात्र भर नपरी अन्य प्र्वाधारहरूको निर्माणतर्फ ध्यान दिनु पर्दछ ।
संविधान निर्माण र सहरी क्षेत्रहरूको पुनर्संरचना
नेपाल अहिले नयांँ संविधान निर्माणको चरणमा छ । नयाँ बन्ने संविधान मार्फत एकसाथ राजनीतिक संङ!क्रमणहरूको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । नेपालको राजनीतिक सङ!क्रमणकाल र विकासक्रमलाई हेर्ने हो भने नेपाल यति बेला निकै कठिन र जटील सङ!क्रमणकालको अवस्थामा रहेको छ । नेपालले अहिले संवैधानिक राजतन्त्रवाट गणतन्त्रको सङ!क्रमण पार गरेकेा छ भने यसको संस्थागत विकासका लागि चुनौतीहरू यथावत नै रहेका छन ।
सङ!घीयता अहिले मुलुकको प्रमुख कार्यभार हो । नेपालमा सङ!ंघीयताका सन्दर्भमा राजनीतिक र गैरराजनीतिक क्षेत्रहरूवाट विभिन्न विचारहरू आएका छन । नेपालमा राजनीतिक पार्टीहरूका संविधानसभाका चुनावी घोषणापत्रहरू हेर्ने हो भने सङ!ख्या, नामाङ!कन र सीमाङ!कनका सन्दर्भमा अलग-अलग धारणा भए पनि सरकारका तहहरूका वारेमा भने एकरूपता देखिएको छ । प्रायसः राजनीतिक पार्टीहरूले तीन तहका सरकारहरूको प्रस्ताव गरेका छन! । केन्द्रीय सरकारको रूपमा सङ!घीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको परिकल्पना गरिएको छ । पछिल्लो अवधिमा संविधान सभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाड समितिले ४३ जना सभासदमा २८ जनाको फरक मत सहित पारित गरेको प्रस्तावमा पनि १४ प्रदेश र केही स्वशासित र संरक्षित क्षेत्र सहितको सङ!घीय संरचना प्रस्ताव गरिएको छ । त्यसमा पनि स्थानीय सरकारको उल्लेख गरिएको छ । स्थानीय सरकारका कामका केही स्चीहरू पनि प्रस्तुत गरिएका छन र केही प्रादेशिक र स्थानीय सरकारका कामहरूको साझा स्ची प्रस्तुत गरिएको छ तर सङ!घीय अभ्यासको वास्तविकता भनेको राजनीतिक र गैरराजनीतिक क्षेत्रवाट सङ!घीय र प्रादेशिक सरकारका स्वरूप, संरचना र अधिकारका वाँडफाँडका क्षेत्रमा जति काम भएका छन!, स्थानीय सरकारका बारेमा त्यति ठ्लो वहस र छलफल भएको छैन । त्यसैले नेपालको सङ!घीय अभ्यासमा स्थानीय सरकारका बारेमा व्यापक वहस र छलफल आवश्यक छ । नेपालको सङ!घीय संरचनाको खाका कोर्दा नेपालका केही सहरहरू जस्तो राजधानी क्षेत्र आदिलाई स्वायत्त मेट्र्रो क्षेत्र बनाउन सकिन्छ ।
असहज सम्बन्ध (कथा) रिचा शर्मा तिवारी
असहज सम्बन्ध
उनीहरु वीच गहिरो सम्बन्ध थियो माया गर्दथे सर्मपण थियो मायामा धेरै माथी थिए ति जीवनमा । गम्भीर प्रकृतिको थियो उ । जीवन चाडै पचाएको मानिस झै तर लाग्दथ्यो भगवान्ले नै उनीहरुको जोडि बनाएको हो । त्यसो त धेरै वर्ष उनीहरुको मायामा बित्यो तर उनीहरु क्याम्पस पछि भेटिएनन् । ईमेल च्याटमा मात्र तर यति लामो समय सम्म यसरी माया गरे उनीहरुले कि उनीहरु सँगै नै भए जस्तो गरि । अचम्म थियो उनीहरुको सम्बन्ध । धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । त्यैपनि उनीहरु सर्मपीत थिए मायामा । जीवन चल्दै थियो आफनो रफ्तारमा उनीहरु त्यहि रफतार सँगै चल्दै थिए । विछोडको धेरै समय पछि उनी हिजो अचानक बाटोमा भेटिएकी थिई । मलिन अनुहार बोकेर हिडिरहेकि थिइन् । उसलाई लाग्यो कतै ठलो र्दुघटना नै भएको हुनुपर्छ उनको जीवनमा तर सोध्ने साहस गरेन । त्यै पनि उसको मनभरी उत्सुकता रहयो कारण जान्ने मलिनताको । सामान्य बॊलचाल मात्र भयो खास केहि भएन । त्यसो त आफनो मनभरी ताजा पीडा व्याप्त थियो । यही कोशिश थियो कि उनको पीडा अघि उसले आफनो पीडाहरु अनुहार बाट नझल्कीयोस् भनेर । एकदिन उनले भेटने अनुरोध गरिन उनको अनुरोध उसले स्वीकार गरयो । बाटोमा सामान्य बोलचाल पछि उनी पछि भेटने बाचाका साथ र्फकिन । तर समय वित्दै गयो उनीहरुको भेटघाट भएन । एकाएक फेरी भेटिए खुशीका पलहरु समेटिए दुवैमा तर कसलाई थाहा त्यो खुशी पीडा हुन्छ भन्ने । त्यस्तै भयो हुन पनि । सोचिन यतिका वर्ष गरेका मायाहरुबाट उनले के पाई केवल पीडा धोखा । हुन त नियती ले विछोड हुनु धोखा त होइन तर पनि उनले महसुस त्यहि गरिन । आज भेटने दिन थियो कतै शरहमा र भेटिए पनि उनीहरु । उसले कहि बसेर कुरा गर्न आग्रह गरे ।आग्रह स्वीकारका साथ उनीहरु कतै रोकिए र धेरै पराना स्मृतिहरु ताजा गर्न तर्फ लागे । स्मृतिका पल ताजा गर्ने क्रममा उनले रोकिएर सोधे तिमीले विहे गरयौ ,उनी अक्मक्क परिन भनीन् अँह गरिन् , तिमीले नि ? उनले प्रतिउत्तर गरिन उसको जवाफ आएन मौनता छायो एकछिन दवैमा एकाएक टवाल्ल परेर हेरे । उनीलाई अप्ठयारो महसुस भयो वातावरण भनिन् अब जाँउ है..... होइन एक छिन बसौँ न कति समयमा भेटेको हुन्न र लौ तिमी भन्छौ भने । किन विहे नगरेको भन्न मिल्छ कि खै भने जस्तो कोहि भेटिएन् । खोजी देउ न कोहि हुन्न र कस्तो असहज प्रश्न थियो यो तर उत्तर आएन थाहा थियो आउदैन । त्यसैले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन उसमा । उसको मन चिसो भयो मनभरी प्रश्नले खेल्न थाल्यो कसरी भन्ने भनेर । तर सकेनन् उनले बीचमै भनिन के कुरा खेलेको छ मनमा किन दोधारमा हो? उनले भने होइन ,केहि होइन अब जाँउ पनि । ल जाँउ त एकछिन टाढा पुगेर रोकिन्छन् उनी मौनता चिरर्दै उसले भनयो मैले त विहा गरे नी। उनी निशब्द भइन् र सुनिन मात्र केहि भनिन् एकाएक आँसु झार्दै उनी अगाडि लम्किन र उ पछाडि बाट एकतमासले हेरि रहयो । उनको भावना बल्ल बुझ्यो ।
Reecha sharma Tiwari Freelancer Journalist www.abhibyanjana.blogspot.com kathmandu ,nepal General member of Federation of Nepalese Journalists ,kathmandu branch
भाउपन्थी ,(ब्यङग्यात्मक लेख)
त्यहिँनेर ,जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, अरु दिन पनि मार्दी हो तर मैले स्वास्नीलाई माइत पठाएदेखि यता देखेको आजै हो।
र ऊ मतिर हेरेर हाँसेकी थिई। दिनहुँ म हिँड्ने बाटोको छेउमा डेरा जमाएर माग्न बस्ने गर्नाले उसले मलाई अनुहारबाट चिनेकी होली। र म चाहिँ पनि सँधै त उसको वास्ता नगरी जाने आउने गर्थेँ। तर उसको यसरी धोती उचालाइबाट देखिएका पुष्ट काला तिघ्राले गर्दा म स्वास्नी सम्झेर तिर्खाएको हुँला र नै त मैले उसतिर कसरी हेरेको थिएँ। अनि ऊ हाँसेकी थिई। के भने त्यतिञ्जेल उसका तिघ्रामा डाम्मिन पुगेको मेरो हेराइमा उसले कुनै अनौठो तापको तरलता देखेकी होली। तर साँच्ची मलाई त्यतिबेलै उसका पोटिला तिघ्राभन्दा यता उसको जुम्रा मराइ र फोहोर पहिरनले मनमा चोपट्टै घिन छचल्काइदिएको थियो। मानौँ अश्लीललता ठ्याक्क त्यै नै हो। अकस्मात् जस्तै, भलै तपाईँलाई यो उपमा राम्रो नलाग्ला तर यहाँ यसभन्दा राम्रो उपमा मैले अर्को पाइनँ, के भने कुकुरहरुको समागम देखेर तपाईँभित्र एक्कैछिन भए पनि उस्तो इच्छा जाग्छ, तर तत्क्षण नै तपाईँ परिवेशप्रति सजग हुनाले त्यस दृश्यलाई घीन माने जसरी हेर्न बाध्य तुलिनु हुन्छ…वा मनैदेखि संस्कारगत गोपनीयता भङ्ग भएकोमा तपाईँ कुकुरहरुप्रति लजाउनु हुन्छ, त्यस्तै। तर कतै अन्तरमा तपाईँभित्र लालसा जागिसकेको हुन्छ, हैन ?
तर धोती उचालेरै ऊ हाँसेकी हुनाले माग्ने तरुनीको हाँसोका मसिना खित्कामा उपहासको बिख मिसिएको थियो। उपहास, त्यै पनि उमेर पुगेकी तरुनीको नपुसंकको लागि समेत असह्य हुन्छ। म बैलो थिइनँ। त्यो यौटा हाँक पनि हुनसक्थ्यो यदि मैले त्यहाँनिर कुनै अश्लीलता नथोपरेको भए। तर अहिले त्यो भैदिएन, के भने मैले उसको धोती उचाल्नुमा कुनै अश्लीलता देखिनँ, त्यो यौटा स्वाभाविकता भैदियो। तैपनि एउटा हद नाघ्न जुर्मुरिएको लालसा मभित्र चुपचाप फुटिसकेको थियो। र मलाई स्वीकार्नु नै पर्यो भने म प्रष्ट गरेर के भन्ने छु भने त्यस तरुनीको हाँसोको बिख मलाई लागेको थियो। पुष्ट मांसलको मादकता। तर ऊ अहिले असाध्दे खुला भएकी छ। यस सडकको छेउमा अनि त्यस्तो गर्न सकिँदैन र ज्यादै गाइएको गीत सस्तिए झैँ छ उसको क्रिया।
तर सडक भन्नाले म यहाँ अर्कै एउटा स्थितिको कुरा गर्न चाहिरहेछु। यो यस सहरको हाट लाग्ने जुन ठाउँ हो यस बजारभन्दा अलि तल तर गोदामजस्तो सिनेमाघरभन्दा धेरै नजिकमा थियो। आज बजार लाग्ने दिन थिएन र मान्छेहरु थिएनन्। त्यसैले म आज यस माग्ने तरुनीलाई राम्ररी हेर्नसक्छु। चाहे जति। बजार लागेको दिनमा त यो तरुनी न यहाँ हुन्छे न म नै यसप्रति सचेत हुन्छु। सचेत म अहिले पनि भएको थिइनँ। केवल उसले धोती उचाल्नाले यस्तो भएको हो। यदि ऊ बूढी भएकी भए म थुकेर हिँड्ने थिएँ। वा यहाँ एउटा कुरा सम्झन सकिन्छ के भने सम्पन्न वर्गका थल्थले बूढी आइमाईहरुमा एउटा सेक्सी आकर्षणको लेप हुन्छ तर त्यो ती गरीब बूढी आइमाईमा हुँदैन। अनि ऊ तरुनी छे र उसको हाँस्ने आदत छ। हँसाइमा आदत कम हाँक ज्यादा थियो।
यहाँनिर अश्लीललता घुस्रिन पुगेको नभए म अर्कै रुपमा विचार्ने थिएँ र एकै छिन भए पनि रोकिएर त्यस तरुनीसँग ठट्टिने थिएँ। यस्ता कुरामा मलाई कसरी कसरी राम्दीघाटका थकाल्नीहरुको सम्झना हुन्छ जहाँ बस ट्रकका ड्राइभर कण्डक्टर क्लिनरहरु खारिएर ठट्टिन्छन्। त्यो सम्झना असाध्य सकसकीलाग्दो हुन्छ। आज पनि ऊ उसरी नै हाँसेकी छे। तर मलाई हेरेर हैन, उसले हाँक उपस्थित गर्न अर्को माध्यम अपनाएकी छ। उसको छेवैमा सेतै फुलेको यौटा बूढो पल्टेको छ। कोल्टे परेर पल्टेको छ तरुनी चाहिँ उसको ढाडपट्टी माझमा छे। बूढाको जिउमाथि दुइटा परेवा सहज बसेका छन्- शान्त। अनि उसले बूढाको कपालमा औँला छिराएर टाउको मुसार्न थालेकी छ। बूढो चाहिँ दुखेको ठाउँमा मालिस गरिएको आनन्द भोग्दैछ।
बूढोमा आनन्द भोग्ने लालसा मात्रै होला, आनन्द खोज्ने उत्तेजना र साहस छैन। यदि म उसको ठाउँमा त्यहाँ हुँदो हुँ त त्यस तरुनीलाई अझ हँसाउने थिएँ। उसको हाँसोको बिख झारिदिने थिएँ। अनि उल्टै उसभित्र मन्दविषको उन्माद भरिदिने थिएँ। तर कुरा छ अश्लीलताको र सहज हुनुको। हिजो जसरी नै अश्लीलता तरुनीका तिघ्रामा टाँस्सिएको छैन बरु आज अश्लीलता मभित्र असहजता भएर अड्केको छ। साँच्चि मांसल मादकताले मात्रै सहज भएर त्यस तरुनीलाई चाहेको भए….। तर तपाईँ त्यस्तो गर्न सक्नुहुन्न, शायद चोरी चोरी हेर्नुबाहेक। किनभने तपाईँ आवरणभित्र बस्न आदी हुनुहुन्छ। हैन ?
म यति बेला टाढै छु। त्यस तरुनीले के गर्छे कुन्नि एक्कासि ती दुवै परेवा उड्छन् तर धेरै टाढा हैन, अलि माथि खुलामा, उन्मुक्त पखेटा फट्फटाएर, फेरि उही साबिक ठाउँमा निर्भय बस्छन्, बूढाको दाहिने तिघ्रामा सहजता साथ। त्यो चाल पाएर बूढाले बिस्तारै आँखा खोल्छ। म नजीकै पुगेको छु। ऊ फेरि बर्बराउन थाल्छ आफ्नै तर मैले नबुझ्ने शायद राजस्थानी भाषामा।
तरुनी मस्त हाँस्छे। उसको जीउको मादकता छचल्किन्छ। हाँसोमा फेरि उही बिखालु हाँक छ। म त्यहाँ पुगेको हुन्छु। त्यो हाँसो र स्त्रीभङ्गिमा बूढो र म दुवैका लागि हो। बूढोले सुत्यासुत्यै पैसा माग्छ। र तरुनी चाहिँ आँखा नचाउन थाल्छे। अनि कसरी कसरी म फिस्स हाँसेको छु। हाँसेपछि त्यसै खुकुलिन्छु र दस पैसे ढ्याक फालिदिन्छु। मतलब यो थिएन मेरो, के भने पैसा तरुनीतिर फालुँ तर बूढोलाई दिनुपर्ने पैसा कसरी उफ्रेर तरुनीकहाँ पुग्यो, म छक्क पर्दैछु।
आज पनि अस्ति झैँ धोतीको किनारको जुम्रा मार्न थालेकी रहेछ। तर मलाई अब उसको वास्ता छैन। वास्ता छैन भन्नुमा मेरो मतलब के हो भने उसका नाङ्गा काला तिघ्राभन्दा अश्लीलताको बोध मभित्र ज्यादै जागेको छ। हिजोको बूढो त्यहाँनिर त्यसरी नै कुनै उत्खननमा पाइएको पुरानो मूर्ति झैँ सहज पल्टेको छ अनि ती दुइटा परेवा मात्र जीवित जस्ता लाग्छन्। बूढो निश्चिन्त भएर निदाएको हुनुपर्छ।
त्यस बूढोलाई मेरो अश्लीलताबोधले छुँदैन र त ऊ निश्चिन्त भएर यत्रो बजार लाग्ने फाँटमा लम्पसार सुतेको छ। मैले झैँ चोर आँखाले उसले तरुनीलाई हेर्ने खाँचो पनि छैन। प्रष्ट छ उसले त्यस तरुनीलाई हरेक पक्षबाट चिनेको हुनुपर्छ त्यसैले पनि ऊ तरुनीका मसिना विषाक्त खित्कामा आफ्नो जीतको आभास पाउँदो हो। तर म ! मेरो कुरा बेग्लै छ। यसरी हिँडदाहिँड्दै म त्यस तरुनीमाथि किन हाम्फाल्न सक्तिनँ। यदि हाम्फाल्दिनँ भने पनि किन सहज रुपमा अश्लीलतारहित उसको हाँसोलाई सामना गर्न सक्दिनँ भन्ने प्रश्न महत् भएर उभिएको छ। तर मैले जानेको छु यो तरुनी यदि राति सुटुक्क मेरो डेरामा आएर मसँग सुत्छे भने म तयार छु र तपाईँलाई थाहा नै छ, घरभित्र ढोका थुनेर मात्र मान्छे नग्न हुनसक्छ अनि अश्लीलता फुकालेको कट्टु झैँ यौटा कुनामा थुप्रिन्छ। हैन ? (एउटा आकारको बारेमा कथा संग्रह)