इजरायल सरकारको पेलेफोन कम्पनि बिशेषत : नेपाली कामदारहरुको लागी मात्र भनेर निर्माण गरेको सबै भन्दा सस्तो, भरपर्दो र सफा लाईनको मोबाइल फोनको नाम हो wowowee Nepal मोबाइल फोन । यो मोबाइलको एकाधिकार नेपाली कामदारहरुलाई मात्र भएकोले कुनै समस्या परेमा सरल तरीकाबाट समाधान पाउन सकिन्छ ।
बिशेषताहरु: १. यो नेपालीहरुको लागी, नेपालमा नै फोन गर्न सस्तो, तथा यसै मोबाइलको सदस्यहरु बिच झन सस्तो, नेपालीको पैशा जोगाउने हेतुले निर्माण गरीएको हो।
२. मूल्य दुइ सय (२००) सेकेलमात्र ७७ सेकेलको कार्ड सहित पाईन्छ। सिमकार्ड आवश्यकता पर्दैन।
३. यहि मोबाइलबाट यहि मोबाइलमा प्रति मिनेट ३० अग्रुथ मात्र ।
४. यो मोबाइलबाट अन्य जुनसुकै इजरायल भरीको मोबाइलमा प्रति मिनेट ६० अग्रुथ मात्र ।
५. यो मोबाइलबाट सिधा नेपाल फोन गर्दा काठमाण्डौं उपत्यका भित्र लाइन फोनमा १ सेकेल ३० अग्रुथ लाग्छ र नेपाल अधिराज्यभर लाइन वा अन्य सबै मोबाइलमा १ सेकेल ५० अग्रुथ लाग्नेछ ।
६. नेपाल वा अन्य जुनसुकै देशमा मेसेज पठाउन ४५ अग्रुथ मात्र लाग्नेछ भने इजरायलभित्र सबै मोबाइलमा १०० अक्षरको मेसेज पठाउँदा २५ अग्रुथ मात्र लाग्नेछ ।
७. यस् मोबाइलबाट पैशा काटिदा सेकेन्ड सिस्टम बाट काटिन्छ अर्थात जति सेकेन्ड बोल्यो त्यति मात्र पैशा घट्नेछ भने अन्य मोबाइल वा कार्डबाट नेपाल फोन गर्दा १ सेकेन्ड बोले पनि ५९ सेकेन्ड बोले पनि १ मिनेट बराबरको पैशा काटिन्छ ।
८. एक बर्षको ग्यारेन्टि छ ।
९. अचम्म त, तपाईको मोबाइल हराएमा तपाईंले अर्को मोबाइल पुरानै नम्बर भएको पाउनु हुनेछ । बिदाको दिन बाहेक अन्य दिन हरायो भने तुरुन्तै खबर गरेमा मोबाइलमा भएको कार्ड ब्यालेन्स् पनि जोगाउन सकिन्छ ।
१०. इजरायलमा नेपाली कामदारको परीचायक, मितब्यहिता, सामुहिक भाबनात्मक सम्बन्ध बनाई राख्नु ।
११. यो ब्यापार होइन, तपाईहरुको दुखको कमाइ बचत गराउनु नै हाम्रो एक मात्र उदेस्य हो ।